भारतको गुजरात राज्यमा ४५ वर्ष पुरानो एउटा पुल भत्किँदा कम्तीमा ९ जनाको ज्यान गएको छ। बुधबार आनन्द र वर्णदरा जोड्ने उक्त पुल अचानक बीचमा भत्किँदा ठूलाे दुर्घटना भएको हो।
घटनाका समयमा पुलमा सवारीसाधन चलिरहेका थिए। पुल भत्किएपछि दुईवटा ट्रक, एउटा बोलेरो गाडी र अन्य चारवटा सवारी साधन नदीमा खसेका थिए। एक ट्याङ्कर भने खस्नबाट जोगिएको भारतीय सञ्चारमाध्यमहरूले जनाएका छन्। दुर्घटनामा धेरै व्यक्ति घाइते भएका छन्।

गुजरातका मुख्यमन्त्री भूपेन्द्र पटेलले घटनाप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई जनही ४ लाख रुपैयाँ राहत र घाइतेलाई ५० हजार रुपैयाँ दिने घोषणा गर्नुभएको छ।
दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको जनाइएको छ।




