विराटनगर । मधेश प्रदेशमा सुख्खाका कारण यस वर्ष रोपाई प्रभावित भएको छ।
कृषि तथा पशुपंक्षी मन्त्रालय अन्तर्गतको कृषि विभागको तथ्याङ्क अनुसार अहिलेसम्म मधेसमा ४६ प्रतिशत भूभागमा मात्र धान रोपाई भएको हो ।

साउन ४ गतेसम्म देशभर ७२.१४ प्रतिशत खेतीयोग्य क्षेत्रमा मात्र धान रोपाई भएको छ।
गत वर्ष यही अवधिमा देशभर ८४.६ प्रतिशत धान रोपाई भएको थियो।




