उत्तरपश्चिम चीनको गान्सु प्रान्तमा आएको बाढीका कारण १० जनाको मृत्यु भएको छ भने ३३ जना बेपत्ता भएका छन्।
अगस्ट ८ का दिन अपरान्न ३ बजेसम्म वर्षापछि आएको बाढी र डुबानका कारण १० जनाको मृत्यु भएको र ३३ जना घाइते भएको सरकारी प्रशासक प्रशारक सिसिटिभीले अधिकारीलाई उदृत गर्दै जनाएको छ।

चीनको गान्सो क्षेत्रमा अगस्ट ७ देखि नै लगातार भारी वर्षा भइरहेको छ।
चिनिया राष्ट्रपति सिजिनपिङले बेपत्ताको उद्धारका लागि सक्दो प्रयास गर्न का साथै चरम मौसमको कारण बारम्बार दोहोरिने घटनाप्रति चासो व्यक्त गर्दै सबै क्षेत्रहरूमा दृढतापूर्वक सावधानी अपनाउन र जोखिम पहिचान गर्ने प्रयासलाई बलियो बनाउन पनिआदेश दिएको समाचारमा उल्लेख छ।
The National Development and Reform Commission ले उद्धार कार्यका लागि १ अर्ब ९२ करोड २९ लाख भन्दा धेरैको कोष छुट्याएको छ।




