विश्वभर तापक्रम तीव्र वृद्धिका कारण टर्कीको सबैभन्दा अग्लो हिमाल माउन्ट आग्रीको आधा भाग हिउँ २०५० सम्म पग्लिने अनुमान गरिएको छ।
माउन्ट एग्री ५१३७ मिटरको उचाइमा रहेको छ भने यो टर्कीकै सबैभन्दा धेरै हिउँ थोप्रिएको हिमाल भएको समाचार संस्था daily sabah ले जनाएको छ। यो हिमाल आन्तरिक र बाह्य पर्यटकलाई आकर्षण गर्ने एउटा माध्यम भएको पनि समाचारमा उल्लेख छ।

माउन्ट आग्रीको दक्षिणतर्फको हिउँ पग्लिसकेको छ भने उत्तरतर्फको हिउँ अझै केही बाँकी रहेको छ।
सन् १९९०को दशकसम्म १ करोड ५० लाख वर्गमिटरमा फैलिएको यो क्षेत्रको हिउँ अहिले ४ देखि ५ वर्ग किलोमिटर क्षेत्रमा मात्र बाँकी रहेको छ।
माउन्ट आग्रीको हिउँको सतह घटेर ४,५०० मिटरदेखि ४७०० मिटरबाट मात्र देखिने समचारमा उल्लेख छ।
इग्दिर विश्वविद्यालयका विज्ञान र भूगोल विभागका सहयोगी प्राध्यापक मेहेमत अलि चेलीले बढ्दो तापक्रमले माउन्ट आग्रीमा नकारात्मक असर पुगेको बताउनुभएको छ।
उहाँका अनुसार यसरी हिमालको हिउँ तीव्र दरमा पग्लिँदा पर्यावरणमा असर पर्ने पानीको आपूर्तिमा समस्या आउने स्थानीय वातावरणमा नकारात्मक प्रभाव पार्ने भनाइ छ।




