इङ्ग्ल्याण्डको इस्ट मिडल्यान्ड्स क्षेत्रमा खडेरीको अवस्था गम्भीर बन्दै गएको छ।
(East Midlands क्षेत्र इङ्ग्ल्याण्डको एक महत्वपूर्ण प्रशासनिक र आर्थिक क्षेत्र हो। यसको क्षेत्रफल करिब १५ हजार ६ सय वर्ग किलोमिटर रहेको छ । यो इङ्ग्ल्याण्डको चौथो ठूलो क्षेत्र हो । जहाँ करिब ४९ लाखभन्दा बढी मानिस बसोबास गर्छन्)

यो अवस्था शरद ऋतुको अन्त्यसम्म कायम रहन सक्ने सम्भावना रहेको त्यहाँको वातावरण एजेन्सीलाई उदृत गर्दै बिबिसीले जनाएको छ।
यसरी खडेरी परेर पानीको आपूर्तिमा कमी आउँदा खानेपानी,कृषि र उद्योगमा पानीको अभाव हुन सक्ने समाचारमा उल्लेख छ।
गत महिनामा यो क्षेत्र आधिकारिक रूपमा खडेरीको अवस्थामा प्रवेश हो । सन् १९७६ यता कै यो वर्ष सुक्खा भएको पहिलो पटक हो।
कार्सिङ्टन जलाशय, डर्बीशायरमा अवस्थित क्षेत्रको एक प्रमुख जलाशय, हाल ६७% मात्र भरिएको समचारमा उल्लेख छ।
Severn Trent Water का डेलिभरी लिड म्याट लुईसले कम्पनीका ८५ लाख ग्राहकहरूलाई पानी प्रयोग गर्दा सावधानी अपनाउन आग्रह गरेका गर्नु भएको छ । उहाँले भन्नुभयो, ‘हामीले सामान्य गर्मी याममा आशा गरेको भन्दा यो वर्षको करिब ५० प्रतिशत मात्र प्राप्त गरेका छौं, र जलाशयहरूको स्तर पनि हामीले चाहको स्तरभन्दा कम छ। ‘
मंगलबार बिहानदेखि बुधबार साँझसम्म पूरा क्षेत्रभरि चर्को गत्मीको लहर देखा पर्ने स्वास्थ्य चेतावनी दिइएको छ । यो चेतावनीले वृद्ध, बिरामी, र कमजोर व्यक्तिहरूमा स्वास्थ्य जोखिम बढ्न सक्ने संकेत गर्दछ।
पर्यावरण एजेन्सीका ब्रायन हेमिङ्सले भन्नुभयो, ‘दुर्भाग्यवश, दीर्घकालीन मौसम पूर्वानुमान अनुसार सुक्खा र तातो मौसम नै रहनेछ, त्यसैले पुनः पूर्ति हुने कुनै वास्तविक स्रोत देखिएको छैन। यो अवस्था सम्भवतः गर्मी यामभरि, शरद ऋतुमा, र शरदको अन्त्यसम्म पनि जारी रहन सक्छ।’
स्थानीय अधिकारीहरूले पानीको बचत गर्न आग्रह गरेका छन्, र जनस्वास्थ्य सेवाहरूले गर्मीको असरबाट बच्न सावधानी अपनाउन सल्लाह दिएका छन्।




