पाकिस्तानमा भीषण वर्षासँगै आएको पहिरो र बाढीका कारण शुक्रबार कम्तीमा १ सय ८५ जनाको ज्यान गएको छ।
पाकिस्तानको उत्तर पश्चिममा रहेको खैबर पख्तु नखुवा प्रान्तमा परेको अविरल वर्षाका कारण १ सय ८० जनाको र उद्धारमा खटिएको हेलिकप्टर दुर्घटना हुँदा चालक दलका पाँच जनाको पनि ज्यान गएको New York Times ले जनाएको छ ।

राष्ट्रिय विपद व्यवस्थापन प्राधिकरण (NDMA)का अनुसार हालसालै जम्मु कश्मीरमा ९ र गीलगीट बालटिस्टानमा ५ जनाको मृत्यु भएको हो ।
NDMA को अनुसार २६ जुन देखि १५ अगस्टसम्म ५ सय ०७ जनाले ज्यान गुमाएका छन् भने ७६८ जना
घाइते भएका छन्। मृत्यु हुनेमा सबैभन्दा धेरै खैबर पख्तु नखुवा प्रान्तका छन्। त्यहाँ २ सय ५१ जनाको मृत्यु भएको छ।
पाकिस्तानले पछिल्लो केही बर्षदेखि गम्भीर जलवायु परिवर्तन जन्य घटनाहरूको सामना गरीरहेको छ।




