स्वीटजरल्याण्डमा रहेको एलेट्श हिमनदी २१०० सम्म पग्लिसक्ने अनुमान गरिएको छ।
सन् २१०० सम्म उक्त हिम नदी पग्लिसक्ने स्विस हिमनदी अनुगमन सञ्जाल ले जनाएको छ।

एलेट्श हिमनदी पग्लदै जाँदा त्यहाँ जमिन पनि कमजोर भएको र पहिरो जान सक्ने सम्भावना रहेको ट्युरिन विश्वविद्यालयका हिमनदी विज्ञ प्रोफेसर मार्को जियार्डिनोले बताउनु भयो।
स्विस हिमनदी अनुगमन सञ्जाल ग्लामोसका अनुसार सन् २००० देखि २०२३ सम्मको अवधिमा उक्त हिमनदी वार्षिक औसत ४० मिटरले पछाडि सरेको छ।
इटालीको प्रमुख वातावरणीय संस्था लेगाम्बिएन्ते, सिप्रा इटाली र इटालियन ग्लेसियोलोजिकल फाउन्डेसनले संयुक्त रूपमा गरेको अध्ययनले युरोपको सबैभन्दा ठूलो हिमनदी, आल्प्समा तापक्रमको गम्भीर असर परेको छ । त्यहाँ सन १८५० पछि तापक्रम २.९ डिग्री सेल्सियसले बढेको छ ।




